प्रधानमन्त्रीको प्रमुख स्वकीय सचिवमा भानु देउवा

  काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवाको प्रमुख स्वकीय सचिवमा भानु देउवा नियुक्त भएका छन् । लामो समयदेखि आफ्नो निजी सचिवका रुपमा रहेका भानुलाई मंगलवार प्रधानमन्त्री देउवाले प्रमुख स्वकीय सचिवमा नियुक्त गरेको प्रधानमन्त्री कार्यालयले जनाएको छ । त्यस्तै प्रधानमन्त्री देउवाले आजै वीरेन्द्र थापालाई स्वकीय सचिवमा नियुक्त गरेका छन् । प्रधानमन्त्री देउवाले यसअघि परराष्ट्र सल्लाहकारम...

३५ फिट उचाइको चिन्डो स्तम्भ

मानेभन्ज्याङ गाउँपालिका–३ उँबुगाउँमा ३५ फिट अग्लो किराती सांस्कृतिक प्रतीक स्वालेवा (चिन्डो) को मूर्ति स्तम्भ निर्माण सुरु भएको छ । मानेभन्ज्याङ गाउँपालिकाका नवनिर्वाचित अध्यक्ष मोतीराज राई र उपाध्यक्ष सविता राईले संयुक्त रूपमा उक्त स्तम्भको शिलान्यास गरेका हुन् । वाम्बुले राई समाज, नेपाल (वाम्रास) को पहल र नेपाल ललितकला प्रज्ञाप्रतिष्ठान मूर्तिकला विभाग प्राविधिक सहयोगमा स्तम्भ निर्माण थालिए...

तेस्रो आँखा डटकम कार्यकारी सम्पादक इबन राई हलेसी–तुवाचुङ नगरपालिका मेयरमा निर्वाचित

दुर्छिम (खोटाङ) । तेस्रो आँखा डटकम कार्यकारी सम्पादक इबन राई हलेसी–तुवाचुङ नगरपालिका मेयरमा निर्वाचित भएका छन् । नवनिर्वाचित मेयर इबन राईको कार्यकाल कार्यकाल सफल र अर्थपूर्ण बनोस् तेस्रो आँखा डटकम परिवारको थुप्रै शुभकामना । नवनिर्वाचित राईले ४,३९७ मत पाएका थिए । उनको निकटम प्रतिद्वन्द्वी एमालेका खडेन्द्र राईले ३,९९७ मत प्राप्त गरेका हुन् । माओवादी केन्द्र मेयर उम्मेदवार हरिश्चन्द्र गिरील...

रुपन्देही, बाँके र रोल्पामा मतगणना जारी

बुटवल । स्थानीय तह निर्वाचनको बुधवार भएको मतदानको बिहीवार बिहानैदेखि रुपन्देहीका सबै तहमा गणना सुरु भएका छन् । मतदान सकिएर मतपेटिका गणनास्थलमा सङ्कलन हुन बुधवार केही ढिलो भएका कारण सर्वदलीय सहमतिमा बिहीवार बिहानदेखि गणना सुरु गरिएको हो । जिल्लाका सिद्धार्थनगर नगरपालिका, देवदह नगरपालिकालगायत केही गाउँपालिकामा भने बुधवार रातिदेखि नै मतगणना सुरु भएको जिल्ला निर्वाचन कार्यालय रुपन्देहीका प्रमुख ह...

प्रदेश नम्बर १ मा मतगणना सुरु

विराटनगर । मोरङका दुई स्थानीय तहमा मतगणना जारी र अन्य तहमा मतगणनाको तयारी भइरहेको छ । उर्लाबारी नगरपालिका र कटहरीमा मतगणना भइरहेको निर्वाचन कार्यालयले जनाएको छ । कटहरीमा बिहीवार बिहान ६ः४५ बजेसम्ममा १०० मतगणता थालिएको हो । विराटनगर महानगरपालिकामा बिहीवार बिहान सर्वदलीय बैठकपछि मात्र मतगणना सुरु हुने बताइएको छ । मोरङका अन्य स्थानीय तहमा मतगणनाको तयारी भइरहेको बताइएको छ । सुनसरीको स्थान...

राजा महेन्द्रले बीपीलाई भने– तर, तपाईं प्रधानमन्त्री हुनुपर्छ

नगेन्द्रराज रेग्मी बीपी कोइरालाको राजनीतिक व्यक्तित्व र साहित्यिक योगदानबारे थुप्रै चर्चा–परिचर्चा भइसकेका छन् । उनको जीवनी र आत्मकथा पनि प्रकाशित नभएका होइनन् । यसबाट बीपीका अझ धेरै निजी र कतिपय गोप्य कुरा पनि थाहा पाउन सक्छौं । बीपीले आफ्नो राजनीतिक यात्राक्रममा थुप्रै चिट्ठी आदान–प्रदान गर्थे । देशको एउटा शीर्ष राजनीतिक व्यक्तित्वले विभिन्न कालखण्डमा गरेका पत्राचारले देशको तत्कालीन परिस्...

दिउँसो ३ बजेसम्म ६२ प्रतिशत मतदान

  काठमाडौं । स्थानीय तह दोस्रो चरणको निर्वाचनअन्तर्गत प्रदेश नम्बर १, ५ र ७ का ३३४ स्थानीय तहमा भएको निर्वाचनमा अपराह्न ३ बजेसम्म करिब ६२ प्रतिशत मतदान भएको प्रारम्भिक जानकारी प्राप्त भएको निर्वाचन आयोगले जनाएको छ । आयोगको संयुक्त निर्वाचन परिचालन केन्द्र (जेर्इओसी) मा प्राप्त पछिल्लो विवरणअनुसार, सबैभन्दा बढी धनकुटा र रुकुममा ७० प्रतिशत मतदान भएको छ । यसैगरी, ताप्लेजुङ, खोटाङ, ड...

हलेसी–तुवाचुङ नगरपालिका काँग्रेसतर्फ मेयरका उम्मेदवार इबन राईद्वारा ४ हजार कार्यकर्ताबीच मनोनयन दर्ता (फोटो फिचर)

  दुर्छिम (खोटाङ) । थानीय तहअन्तर्गत आगामी असार १४ मा हुने दोस्रो चरण निर्वाचनमा हलेसी–तुवाचुङ नगरपालिका मेयरका लागि काँग्रेसतर्फ उम्मेदवार इबन राईले मनोनयन दर्ता गरेका छन् । खोटाङ क्षेत्र नम्बर १ काँग्रेस सभापतिसमेत रहेका राईसँगै उपमेयरका लागि बिमला राई र नगरपालिकाका ११ वडाकै काँग्रेसतर्फ उम्मेदवारले मनोनयन दर्ता गरेका छन् । मनोनयन दर्तापछि ४ हजार काँग्रेस कार्यकर्ताले निकालेको खुस...

सकियो उम्मेदवारी मनोनयन दर्ता

काठमाडौँ । तीन प्रदेशमा हुने दोस्रो चरणको स्थानीय तह निर्वाचनका लागि ३५ जिल्लाका ३३४ वटा स्थानीय तहमा आइतवार आठ बजेबाट उम्मेदवारी मनोनयन दर्ता सुरु भएको छ । मुख्य निर्वाचन अधिकृत तथा निर्वाचन अधिकृतको कार्यालयमा उम्मेदवारहरुले मनोनयन दर्ता गर्ने क्रम जारी रहेको आयोग प्रवक्ता सूर्यप्रसाद शर्माले जानकारी दिए । संविधानसभाबाट बनेको संविधान कार्यान्वयन गर्नेक्रममा दोस्रो चरणको स्थानीय तह निर्वाच...

पैसा खर्चेर निर्वाचन जित्ने प्रयास

दाङ । उपप्रधानमन्त्री कृष्णबहादुर महराले स्थानीय तह निर्वाचनमा केही शक्तिले पैसाको बलमा निर्वाचन जित्ने प्रयत्न गरिरहेको बताए । माओवादी केन्द्रले घोराही १३ मा गरेको कार्यकर्ता भेटघाट कार्यक्रममा उहाँले त्यस्ता तत्वलाई जनताले परास्त गर्नुपर्नेमा जोड दिनुभयो । स्थानीय तहको निर्वाचन हुनु माओवादीका लागि निकै खुसीको कुरा भएको उल्लेख गर्दै माओवादी केन्द्रका नेता महराले कार्यसूचीका आधारमा माओवादी क...