सबैलाई सहभागी गराउन २ नम्बर प्रदेश निर्वाचन स्थगित

झापा । काँग्रेसका युवा नेता गगन थापाले सबै राजनीतिक दललाई निर्वाचनमा सहभागी गराउन २ नम्बर प्रदेशको निर्वाचन मिति सारिएको बताएका छन् । नेपाल प्रेस युनियन, झापाद्वारा शुक्रवार आयोजित भेटघाट कार्यक्रममा नेता थापाले भने, ‘रणनीतिक तहमा काँग्रेसका लागि अप्रिय भए पनि देश र जनताको हितमा निर्वाचन मिति सारिएको हो ।’ काँग्रेस केन्द्रीय प्रचार–प्रसार समिति सहसंयोजकसमेत रहेका उनले आसन्न स्थानीय तहकोे न...

मोरङमा १४४ मतदानस्थल संवेदनशील

मोरङ । जिल्लाका १४४ मतदान स्थललाई संवेदनशील रहेको जिल्ला सुरक्षा समितिले जनाएको छ । त्योमध्ये ८१ मतदानस्थल सामान्य संवेदनशील छन् भने ६५ मतदानस्थल अति संवेदनशील छन् । मोरङमा ३०० मतदानस्थल छन् । जिल्ला प्रशासन कार्यालय मोरङका निमित्त प्रमुख जिल्ला अधिकारी शेषनारायण पौडेलका अनुसार चुनावलक्षित सुरक्षा व्यवस्था मजबुत बनाउन जिल्लाका विभिन्न मतदान केन्द्रलाई वर्गीकरण गरी सोहीअनुसारको सुरक्षा व्यव...

बाख्रा चराउन गएका दुई बालिकाको डुबेर मृत्यु

पर्सा । पर्साको पटेर्वासुगौली गाउँपालिकामा शुक्रवार पानीमा डुबेर दुई बालिकाको मृत्यु भएको छ । गाउँपालिका–४ सोनवर्षाको कन्चनपुर गाउँमा रहेको खाल्डोमा जमेको पानीमा अपराह्न दुवै बालिकाको डुबेर मृत्यु भएको हो । बाख्रा चराउन घरबाट निस्किएका कन्चनपुरनिवासी नारायण पासवानकी १० वर्षीया छोरी उषाकुमारी पासवान र स्थानीय दरोगा पासवानकी नौ वर्षीया छोरी राधिकाकुमारी पासवानको पानीमा डुबेर मृत्यु भएको जिल्...

भारत स्वतन्त्रताका लागि नेपालको योगदान

काठमाडौँ । पूर्वराष्ट्रपति डा. रामवरण यादवले भारतको स्वतन्त्रताका लागि नेपालका विभिन्न नेताले योगदान पु¥याएको बताएका छन् । इन्डो नेपाल फ्रेन्डसिप एन्ड इकोनोमिक कोअपरेसनले शुक्रवार गरेको कार्यक्रममा पूर्वराष्ट्रपति यादवले भारतले अभ्यास गरिरहेको प्रजातान्त्रिक प्रणाली तथा आर्थिक विकासको स्वरुप नेपालले भारतबाट सिक्नुपर्ने विचार व्यक्त गरे। कार्यक्रममा सहरी विकासमन्त्री प्रभु साहले दुई राष्ट...

मेयरका उम्मेदवार नै कुटपिटमा संलग्न

खोटाङ । हलेसी–तुवाचुङ नगरपालिका एमालेतर्फ मेयरका उम्मेदवार खडेन्द्र राई नेतृत्वमा गएको एमाले कार्यकर्ताले सोही नगरपालिका २ नम्बर वडा डिकुवानिवासी अर्जुन राउतलाई कुटपिट गरेका छन् । हलेसी–तुवाचुङ नगरपालिका एमालेतर्फ मेयरका उम्मेदवार खडेन्द्र राई, उपमेयर मनीषा राई र २ नम्बर वडाध्यक्ष हरि खड्काको निर्देशनमा राउतमाथि कुटपिट गरिएको नेविसंघ अध्यक्ष राजकुमार बस्नेतले बताए । दोस्रो चरणको स्थानीय नि...

४०औं प्रधानमन्त्रीमा देउवा निर्वाचित

काठमाडौँ । मुुलुकको ४०औँ प्रधानमन्त्रीमा  काँग्रेस सभापति शेरबहादुर देउवा निर्वाचित भएका छन् । मंगलवारको संसद् दोस्रो बैठकमा भएको नयाँ प्रधानमन्त्री चयनको निर्वाचनमा सो पदका एकमात्र उम्मेदवार देउवाले ३८८ मत प्राप्त गरी निर्वाचित भएका हुन् । उनको विपक्षमा १७० मत परेको थियो । एकमात्र उम्मेदवार भए पनि प्रधानमन्त्री चयनका लागि हाल कायम सांसदको ५० प्रतिशतभन्दा बढी मत ल्याउन आवश्यक भएकाले मत विभा...

निर्वाचन मितिमा पुनःविचार गर्न साझा पार्टीको आग्रह

काठमाडौँ । साझा पार्टीले इस्लाम धर्मावलम्बीको पवित्र महिना रमजानको अन्तिम शुक्रवारका दिन पारेर आगामी असार ९ गते स्थानीय तहको दोस्रो चरणको निर्वाचन गर्ने भनी सरकारले गरेको पछिल्लो निर्णयमा पुनःविचार गर्न आग्रह गरेको छ । इस्लाम धर्मावलम्बीको महान् पर्व इदउल–फित्रको समय पारेर चुनावको मिति राखिएकाले त्यसबारे अविलम्ब पुनर्विचार गर्न सो पार्टीका प्रवक्ता डा. सूर्यराज आचार्यले विज्ञप्तिमार्फत आग्रह ...

जथाभावी बाटो काट्ने ३ हजार ३४८ पैदलयात्रु कारबाहीमा

काठमाडौँ । ट्राफिक नियमविपरीत बाटो काट्ने तीन हजार ३४८ पैदलयात्रु मंगलवार कारबाहीमा परेका छन् । मंगलवारबाट जेब्राक्रसिङ नभएको ठाउँमा बाटो काट्ने, जथाभावी बाटो काट्नेलाई कारबाही गर्ने पूर्वघोषणा गरेअनुरुप उनीहरुलाई कारबाही गरिएको ट्राफिक प्रहरी महाशाखाका प्रमुख नायब महानिरीक्षक मिङ्मार लामाले जानकारी दिए । लामाले भने, “कारबाहीमा परेकामध्ये दुई हजार १२० जनाले २०० का दरले जरिवाना तिरे भने बाँ...

बढ्दो हवाई दुर्घटनाप्रति उपराष्ट्रपति पुन चिन्तित

काठमाडौँ । उपराष्ट्रपति नन्दबहादुर पुनले बढ्दो हवाई दुर्घटनाप्रति चिन्ता व्यक्त गरेका छन् । उपराष्ट्रपति पुनले मंगलवार बाजुराको कोल्टी विमानस्थलमा सेनाका विमान दुर्घटना हुँदा ज्यान गुमाएका पाइलट महासेनानी कैलाश गुरुङ र गत जेठ १३ गते सोलुखुम्बुका लुक्ला विमानस्थलमा गोमा एयरको कार्गो विमान दुर्घटना हुँदा ज्यान गुमाउनेप्रति श्रद्धाञ्जलि व्यक्त गर्दै चिन्ता व्यक्त गरेको उपराष्ट्रपतिका प्रेस संयोज...

सहमतीय सरकारका लागि तीव्र छलफल

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पदबाट राजीनामा दिएपछि नेपालको संविधानको धारा २९८ को उपधारा (२) बमोजिम सहमतिका आधारमा नयाँ सरकार गठन गर्न छलफल थालिएको छ । राजनीतिक सहमतिका आधारमा नयाँ सरकार गठनसम्बन्धमा मंगलवार व्यवस्थापिका–संसद्को ठूलो दल काँग्रेसको संयोजनमा संसद् भवन नयाँ बानेश्वरमा संसद्मा प्रतिनिधित्व गर्ने सबै दलका शीर्षनेताको छलफल भएको हो । बैठकमा प्रमुख प्रतिपक्षी दल...