नैतिकताको आधारमा गभर्नर अधिकारीले राजीनामा दिनुपर्छ : प्रधानमन्त्री देउवा

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले नैतिकताको आधारमा पदबाट राजीनामा दिनुपर्ने बताएका छन् । शुक्रबार सरकारी निवास बालुवाटारमा बसेको पाँच दलीय गठनबन्धनको बैठकमा प्रधानमन्त्री देउवाले गभर्नर अधिकारीको राजनीतिक संलग्नता देखिएको उल्लेख गर्दै नैतिकताको आधारमा पदबाट राजीनामा दिनुपर्ने बताएका हुन् । यही असार २६ गते नेकपा (एमाले)ले जारी गरेको...

‘इन्ड्राइभर’को लापरवाही यात्रुको सुरक्षाप्रति गैरजिम्मेवार

काठमाडौं । विभिन्न सामाजिक सञ्जालमा नेपालमा सञ्चालित राइड सेयरिङ एप‘इन्ड्राइभर’ले चर्को विज्ञापन गरेको भेटिन्छ । विज्ञापनकै कारण ‘इन्ड्राइभर’ले बजारमा थुप्रै प्रयोगकर्ता समेट्न सफल भएको छ । तर पछिल्लो समय ‘इन्ड्राइभर’को लापरवाही र सुरक्षामाथि प्रश्न उठाउँदै सामाजिक सञ्जालहरुमा गुनासो बढ्न थालेको छ । गत जेठ २६ गते बिहीवार दिउँसो काठमाडौंको जडिबुटीस्थित सडकमा एउटा दुर्घटना भयो । ‘इनड्राइभर’मा...

१ नम्बर प्रदेशको नाम ‘किरात प्रदेश’ राख्न एमाले र कांग्रेस तगारो बने : प्रचण्ड

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले १ नम्बर प्रदेशको नाम किरात प्रदेश राख्न नेकपा एमाले र नेपाली कांग्रेस तगारो बनेको बताएका छन् । बिहीबार आदिवासी किरात महासंघ, केन्द्रीय समितिको टोलीसँगको भेटमा अध्यक्ष प्रचण्डले प्रदेश १ को नामाकरणमा माओवादीको अडान ‘किरात प्रदेश’ नै भए पनि यसमा एमाले र कांग्रेस तगारो बताएका हुन् । प्रचण्डको भनाइ उद्धृत गर्दै भेटमा सहभाग...

क्याम्पस प्रमुखमाथि बलात्कारको आरोप

बैतडीको पुर्चौंडी बहुमुखी क्याम्पसका प्रमुख राजेन्द्रसिंह नेगीमाथि बलात्कारको आरोप लागेको छ । आरोप लागेका नेगीविरुद्ध जबर्जस्ती करणी मुद्दा दर्ता भएको बैतडीका प्रहरी प्रवक्ता, प्रहरी निरीक्षक लोकराज जोशीले जानकारी दिए । आफूमाथि जबर्जस्ती करणी गरेको भन्दै कैलालीकी एक महिलाले दिएको जाहेरीका आधारमा नेगीविरुद्ध इलाका प्रहरी कार्यालय पाटनमा जबर्जस्ती करणी मुद्दा दर्ता भएको हो । पीडित महिलाले दिए...

बाबुरामलाई हटाइयो, संघीय परिषद् अध्यक्षमा अशोक राई

वीरगन्ज । जनता समाजवादी पार्टी (जसपा)का अध्यक्ष उपेन्द्र यादव पक्षले संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईको स्थानमा वरिष्ठ नेता अशोक राईलाई मनोनीत गरेको छ । बिहीबार वीरगन्जमा बसेको यादव पक्षको केन्द्रीय समिति बैठकले संघीय परिषद्को अध्यक्षबाट डा. भट्टराईलाई हटाएपछि सो ठाउँमा राईलाई मनोनीत गरेको हो ।...

उपेन्द्र पक्षले भट्टराईसहित ९ जनालाई पार्टीबाट निकाल्यो

वीरगन्ज । जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव पक्षले संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईसहित ९ जनालाई कारबाहीसँगै पदमुक्त गरेको छ । बिहीबार वीरगन्जमा बसेको यादव पक्षको केन्द्रीय समिति बैठकले पार्टी विभाजनमा लागेको आरोप लगाउँदै डा. भट्टराईसहित ९ जनालाई कारबाहीसहित पदमुक्त गर्ने निर्णय गरेको हो । पदमुक्त हुनेहरुमा डा. भट्टराई, कार्यकारिणी सदस्यहरू महिन्द्र यादव, हिसिला यमी, ग...

आज सेयर बजार परिसूचक नेप्से ५९.५४ अंकले वृद्धि

काठमाडौं । सेयर बजार परिसूचक नेप्से ५९.५४ अंकले वृद्धि भएको छ । ५९.५४ अंकले बढेर नेप्से सूचक बुधबार १९८६.८२ अंकमा पुगेको हो । बुधबार क वर्गको सेन्सेटिभ इन्डेक्स समेत १२.४२ अंकले बढेर ३८१.३७ अंकमाथि पुगेको छ भने २ अर्ब ४ करोड ४४ लाख ४३ हजार ७ रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । यस्तै, बुधबार १३ वटै उपसूचक धनात्मक देखिएका छन् । सबैभन्दा बढी फाइनान्स समूहको उपसूचक ६.९६ प्रतिशतले वृद्धि भएको ...

एकै दिन २०६ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौं । नेपालमा कोरोना संक्रमितको संख्या झन् झन् बढेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टा अर्थात् एकै दिन नयाँ संक्रमितको संख्या २०६ पुगेको छ । दुई हजार ८२ पीसीआर परीक्षणमा १७७ जना र एक हजार ९३ जनाको एन्टिजेन परीक्षण गर्दा २९ जना गरी २०६ जनामा संक्रमण पुष्टि मन्त्रालयले जनाएको हो । थप कोरोना संक्रमितसँगै नेपालमा कोरोना सक्रिय संक्रमितको संख्या १००५ पुगेको मन्त...

श्रमिकको बिरामी खर्च सामाजिक सुरक्षा कोषले व्यहोर्ने

श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शेरबहादुर कुँवरले श्रमिकको योगदान र रोजगारदाताको सुरक्षालाई समन्वय गरेर लैजानुपर्ने बताएका छन् । कैलाली उद्योग वाणिज्य सङ्घद्वारा आज धनगढीमा आयोजित स्वागत कार्यक्रमलाई सम्बोधन गर्दै उनले श्रमिकको योगदानको कदर गर्ने र रोजगारदातालाई सम्मान गर्ने नीति सरकारको रहेको जानकारी दिए । मन्त्री कुँवरले केही दिनअघि मात्रै श्रमिकहरुको उपचार खर्च वापतको रकम अनलाइन...

ज्योतिषीलाई हेराएर प्रदेश र प्रतिनिधि सभा निर्वाचन गर्ने तयारी

काठमाडौं । सरकारले आगामी ४ मंसिरमा प्रदेश सभा र प्रतिनिधि सभा निर्वाचन सम्पन्न गर्नेगरी निर्वाचन आयोगलाई तयारी गर्न निर्देशन दिएको छ । प्रधानमन्त्रीनिकट उच्च स्रोतका अनुसार प्रधानमन्त्री शेरबहादुर देउवाले ज्योतिषको सल्लाहअनुसार ४ मंसिरमा प्रदेश र प्रतिनिधि सभा निर्वाचन गर्नेगरी तयारी गर्न अनौपचारिक सन्देश पठाएका हुन् । साउन पहिलो साता निर्वाचन मिति तोक्ने तयारी सरकारको छ । ‘४ मंसिरमा प्र...