अभिनेत्री ढुंगाना यस्ती देखिइन् मेहेन्दी समारोहमा (फोटो फिचर)

काठमाडौं । अभिनेत्री नीता ढुंगाना र ज्योतिषी तथा अभिनेता हरिहर अधिकारी यही असार २४ गते बिवाह बन्धनमा बाधिने भएका छन् । बुधबार अभिनेत्री ढुगानाले मेहेन्दी समारोह आयोजना गरेकी छन् । उनले आफ्नो फेसबुकमार्फत मेहन्दी समारोहका केही तस्बिर सार्वजनिक गर्दै लेखेकी छन् अन्ततः मेहेन्दी लगाइयो । मेहेन्दी समारोहमा सेतो र पहेँलो दुई फरक पहिरनमा सजिएकी छन् । ४ वर्षदेखि प्रेम सम्बन्धमा रहेका नी...

गायिका इन्दिरा जोशी प्रेमीसँग विवाह बन्धनमा बाँधिर्दै

काठमाडौं । गायिका इन्दिरा जोशी र प्रेमी शरद् केडियाबीच भोली मंगलबार विवाह हुने भएको छ । गायिका जोशीले आइतबार इन्स्टाग्राममा विवाहको मिति तोकिएको कार्ड सार्वजनिक गरेकी छिन् । भगवान र हाम्रो परिवारको आशिर्वादसहित हाम्रो बिहेको खबर सुनाउन पाउँदा हामीलाई हर्षानुभूति भएको छ,’ इन्दिराले वक्तव्यमा भनेकी छन्, ‘हामीप्रति शुभेच्छा राख्नुहुने सबैप्रति आभार व्यक्त गर्दछौं, आशा छ आगामी जीवन अहिले भन्दा ...

गीतकार किशोर चाम्लिङ राईको ‘सोमबारे हाटैमा’ सार्वजनिक (भिडियो सहित)

काठमाडौं । गीतकार किशोर चाम्लिङ राईको ‘सोमबारे हाटैमा’ गीत सार्वजनिक भएको छ । पूर्वेली लोक भाकाको गीत ‘सोमबारे हाटैमा’मा गायिका सुनिता थेगिम र गायक रत्न राईले स्वर भरेका छन् । राईको गीत टाइमलाइन टिभीमार्फत दर्शकमाझ सार्वजनिक गरिएको हो । गीतमा प्रेमजोडीको प्रेमालापबारे गीतकार चाम्लिङले शब्दमार्फत उतारेका छन् । प्रेमी प्रेमीकाको गहिरो मायाप्रेमलाई गीतकारले फूल उनेर माला बनाइदिएका छन् । गीत...

कमेडी च्याम्पियन विजेता हिमेश पन्त फिल्म खेल्दै

काठमाडौंं १५, चैत । कमेडी च्याम्पियन पहिलो सिजनका विजेता हिमेश पन्त फिल्म खेल्ने भएका छनु । उनी नेपाली चलचित्र ‘वरवधु’ नामक फिल्ममा अभिनयमा डेब्यु गर्न लागेका हुन् । मिलन चाम्सले निर्देशन गर्न लागेको ‘वरवधु’ फिल्ममा हिमेशसँग अभिनयको बिषयमा सम्झौता भएको सामाजिक संजालबाट जानकारी गरएको छन् । फिल्ममा पन्त गैरआवासीय नेपाली (एनआरएन) को भूमिकामा देखिने बताइएको छन् । एलआर इन्टरटेनमेन्टको ब्यानरमा ब...

गायिका मिना राईको ‘तुवाचुङ’

काठमाडौं १३, चैत । गायिका मिना राईको तुवाचुङ गीतको भिडियो सार्वजनिक भएको छ । गायिका राईको आवाजमा रहेको ‘तुवाचुङ’ गीतको म्यूजिक भिडियो हेल्लो नेपाल टीभी नामक युट्युव च्यानलबाट सार्वजनिक गरिएको छ । गीतमा लावाचुङमा भेटर बुङालुङघुम्दै तुवाचुङ पुगेर चोखो माया लाउने कुरा गरेका छन् । भने भिडियोको अन्तिममा गायक गायिका तुवाचुङमा पिरती गासेर फर्किएको दृश्य देखाइएको छ । हलेसी तुवाचुङ नगरपालिका भित्...

पल शाह प्रकरणमा दुर्गेश थापाको बयान

काठमाडौं १०, चैत । अभिनेता पल शाह किशोरी बलात्कार प्रकरणमा गायक दुर्गेश थापाले पनि बयान दिएका छन् । पल शाह प्रकरणमा मुछिएको गायक दुर्गेस थापाले बयानमा शाहले किशोरीमाथि बलात्कार गरेको सुन्नमा आएकाले पीडितलाई न्यायको लागि अघि बढ्न सुझाव दिएको बयान दिएका छन् । पिडित किशोरीलाई काठमाडौंको अनामनगरमा आफूहरु भेला भएर पीडितलाई कानुनी प्रक्रियामा अघि बढ्न सुझाव दिएको बयान दिएका हुन् । २०७८ बैशाख १...

प्रहरीले बुझायो पल शाहविरुद्धको अनुसन्धान फाइल सरकारी वकिललाई

काठमाडौं ७, चैत । नाबालिकामाथि जबरजस्ती करणी अभियोगमा रहेका अभिनेता पल शाहविरुद्धको अनुसन्धान प्रहरीले सकेको छ । शाहको अनुसन्धान सकेपछि रायसहितको प्रतिवेदन जिल्ला सरकारी वकिलको कार्यालय, तनहुँमा बुझाइएको जिल्ला प्रहरी कार्यालय, तनहुँले जनाएको छ । प्रहरीले २१ दिन लामो अनुसन्धान पछि प्रतिवेदन पेश गरेको हो । जिल्ला प्रहरी कार्यालय, पूर्वी नवलपरासीले पनि शाहविरुद्ध गरेको अनुसन्धान सकेर अदालत...

नेपाल आइडल सिजन–४ को बिजेता भूपेन्द्र थापा मगर

काठमाडौं ६, चैत । नेपाल आइडल सिजन ४ को उपाधि भूपेन्द्र थापा मगरले जितेका छन् । शनिबार राति सम्पन्न भएको ग्रान्ड फिनालेमा चार प्रतिस्पर्धीलाई पछि पार्दै भैरहवाका भूपेन्द्र थापा मगरले उपाधि हात पारेका हुन् । थापाले उपाधिसँगै ३० लाख रुपैयाँ नगद प्राप्त गरेका छन् । नेपाल आइडल सिजन–४ मा फस्ट रनरअप नामगेल तामाङ र रञ्जित नेपाली सेकेन्ड रनरअप भएका छन् । फस्ट रनरअप र सेकेन्ड रनरअपले ५ लाख र ३ लाख...

पिर’को विवादास्पद दृश्य हटाएर पुन युट्यूबमा हालियाे

काठमाडौं ५, चैत । विवादमा आएकाे गायक प्रकाश सपुतकाे पिर गीत  युट्यूबबाट हटाएर पुन हालिएको छ । शनिवार गायक प्रकाश सपुत नामक युट्यूब च्यानलबाट हटाएर पछि विवादमा आएकाे जनयुद्धमा सहभागी महिलाले याैन व्यावसायमा लागेकाे दृश्य हटाएर पुन हालिएकाे छ । युट्यूबमा हालिएको एक हप्तामै निकै रूचाईएकाे गीत पिरमा माओवादी जनयुद्धमा सहभागी महिलाले यौन व्यवसायमा लागेकाे दृश्य समेटिएकाे थियाे । सोही विषयलाई लि...

असोज २८ मा रिलिज हुँर्दै ‘हिजोआजका कुरा’

काठमाडौं ३०, फागुन । नेपाली कथानक फिल्म ‘हिजो आजका कुरा’ असोज २८ गते रिलिज हुने भएको छ । फिल्म निर्माणताले वितरकसँगको छलफलबाट आउँदो नयाँ बर्षको असोज २८ गते फिल्म रिलिज गर्ने मिति तय गरेको हो । हिजो आजका कुरा साकार पन्तको निर्देशन रहेको छ । २०७७ वैशाख १२ गते प्रदर्शन गर्नका लागि तयार गरिएपनि कोरोना महामारीका कारण तोकिएको मितिमा रिलिज हुन सकेको थिएन । पन्त फिल्म प्रोडक्सनको ब्यानरमा निर्माण ...