अभिनेता पल शाहका म्‍यानेजर पक्राउ

काठमाडौं २७, फागुन । जबरजस्ती करणीको अभियोग लागेका अभिनेता पल शाहका म्यानेजर कृष्ण जोशी तनहुँबाट पक्राउ परेका छन् । अभिनेता शाहका म्‍यानेजर भनिएका जोशीलाई तनुहँबाट पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ ।...

युट्युवलाई नियन्त्रण नभइ व्यवस्थित गर्न नियम लागू गरिएको हो : मन्त्री कार्की

काठमाडौं २७,फागुन । सूचना तथा सञ्‍चार प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले युट्युवलाई व्यवस्थित गर्न खोजिएको बताएका छन् । बिहीबार बसेको मन्त्रिपरिषद बैठकमा निर्णय सार्वजनिक गर्ने क्रममा मन्त्री खड्काले युट्युवलाई नियन्त्रण नभइ थप व्यवस्थित गर्न खोजिएको बताएको हो । ुयुट्युवलाई नियन्त्रण नभई नियमन र थप प्रभावकारी बनाउन व्यवस्थित गर्न नियम लागू गरिएको बताएका छन् । नियम लागू भइसक...

अभिनेत्री करिश्मा मानन्धर एमाले प्रवेश गर्दै

काठमाडौं २६, फागुन । अभिनेत्री करिश्मा मानन्धर नेकपा एमाले पार्टीमा प्रवेश गर्ने भएकी छन् । बिहीबार बालकोट पुगेर अध्यक्ष केपी शर्मा ओलीसँग भेटघाट गरेकी छन् । उक्त भेटमा मानन्धर र एमाले अध्यक्ष ओलीसँग पार्टी प्रवेशबारे छलफल भएको हो । उनले भनिन् छलफल भएपनि प्रवेशको टुङ्गो नभएको तर छिट्टै एमाले प्रवेश गर्ने बताइन् । पार्टी प्रवेशका लागि आफुले पहिलेदेखि नै सोच बनाएको समेत बताइन् । मानन्धर एक...

चोकचोक गल्लीगल्लीमा न्यायाधीश र वकिलहरू जन्मेको छ : अभिनेत्री रेखा थापा

काठमाडौं २४, फागुन । अभिनेत्री रेखा थापाले महिला दिवसमा आयोजित कार्यक्रममा बोल्दै महिलाहरू राजनीतिक र शृङ्गारिक हिसावले प्रतिनिधित्व गर्दैमा परिवर्तन नआउने बताएकी छन् । मंगलबार महिला दिवसको दिन आयोजित सडक बहस कार्यक्रममा बोल्दै थापाले महिलाको विषयमा राजनीतिक र शृङ्गारिक हिसावले प्रतिनिधित्व गर्दैमा परिवर्तन नआउने बताएकी हुन् । परिवर्तनका लागि महिलाहरूमा नै चेतनाको स्तर वृद्धि हुनुपर्ने समेत...

पल शाहलाई थप अनुसन्धानका लागि १२ दिन थुनामा राखिने

काठमाडौं २२, फागुन । बलात्कार मुद्दामा अनुसन्धानका लागि पक्राउ परेका अभिनेता पल शाह थप १२ दिन हिरासतमा रहने भएका छन् । पक्राउ परेर हिरासतमा रहेका अभिनेता पल शाहलाई आइतबार अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय तनहुँले १२ दिन म्याद थप गर्न जिल्ला अदालत तनहुँको अनुमति लिएको हो । थप अनुसन्धानका लागि प्रहरीले १२ दिन हिरासतमा राख्न अनुमति लिइएको हो । ११ फागुनमा एक बालिकाले आफूमाथि बलात्कार ग...

रेखा थापालाई गालीगलौज गर्नेविरुद्ध उजुरी

काठमाडौं २०, फागुन । अभिनेत्री रेखा थापालाई गालीगलौज गरेको भन्दै नेपाल प्रहरीको साइबर व्यूरोमा उजुरी परेको छ । अभिनेत्री थापालाई गालीगलौज गरेको भन्दै उनकी दिदी तारा थापाले ए वान मिडियाविरुद्ध जाहेरी दर्ता गराएकी हुन् । अहिले चर्चाको विषयमा रहेको पल शाहविरुद्ध बलात्कारको जाहेरी दिएकी नाबालिक पीडितको पक्षमा बोलेको अभिनेत्री थापालाई गालीगालैज गरिएको उजुरीमा उल्लेख छ । उजुरी परेसँगै ए वान मिडिय...

पल शाह प्रकरण : राष्ट्रिय मानव अधिकार आयोगले निकाल्यो प्रेस विज्ञप्ति

काठमाडौं २० फागुन । अभिनेता पल शाह प्रकरणमा राष्ट्रिय मानव अधिकार आयोगले प्रेस विज्ञप्ति निकालेका छन् । आयोगले आज निकालेको प्रेस विज्ञप्तिमा पल शाह प्रकरणमा पक्ष र विपक्षमा प्रदर्शन गर्ने, अभिव्यक्ति दिने र प्रचारबाजी गर्ने कामहरूमा राष्ट्रिय मानव अधिकार आयोगको ध्यानाकर्षण भएको कुरा उल्लेख गरिएको छ । ‘गम्भीर प्रकृतिको अपराधको अनुसन्धान फौजदारी न्यायको सिद्धान्त अनुसार गोप्य, निष्पक्ष, स्वतन...

अभिनेता पल शाहलाई सात ७ दिन हिरासतमा राखेर अनुसन्धान अगाडि बढाउने

काठमाडौं, १५ फागुन । जबरजस्ती करणीको अभियोग लागेका अभिनेता पल शाहलाई सात दिन हिरासतमा राखेर अनुसन्धान गर्न अदालतले अनुमति दिएको छ । आइतबार जिल्ला अदालत तनहुँले शाहलाई हिरासतमा राखेर अनुसन्धान गर्न सात दिनको म्याद दिएको हो । बुधबार शाहविरुद्ध एक नाबालिका गायिकामाथि बलात्कार गरेको उजुरी परेको थियो । त्यसपछि फरार रहँदै आएका उनले आइतबार दिउँसो मात्र जिल्ला प्रहरी कार्यालयको सम्पर्कमा शाह पुग...

अभिनेता पल शाह प्रहरीको नियन्त्रणमा

काठमाडौं, १५ फागुन । जवरजस्ती करणीको आरोप लागेका अभिनेता पल शाह शाहलाई प्रहरीले नियन्त्रणमा लिएको छ । अभिनेता पल शाह तनहुँबाट नियन्त्रणमा रहेको जिल्ला प्रहरी कार्यालय तनहुँले जानकारी दिए । शाहले बिहानमात्रै सामाजिक सञ्जाल फेसबुकमा स्ट्याटस लेख्दै ‘आइतबार प्रहरीसामु आफैं उपस्थित हुने’ बताएका थिए । जिल्ला प्रहरी कार्यालय, तनहुँमा ११ फागुनमा एक गायिकाले शाहविरुद्ध किटानी जाहेरी दिएकी थिइन् ...

अभिनेता पल शाहविरुद्ध समीक्षाले दिइन् किटानी जाहेरी

काठमाडौं, ११ फागुन । अभिनेता पल शाहविरुद्ध जबरजस्ती करणीसम्बन्धी गायिका समीक्षा अधिकारीले किटानी जाहेरी दिएको छ । गायिका समीक्षा अधिकारीले शाहविरुद्ध जिल्ला प्रहरी कार्यालय, तनहुँमा किटानी जाहेरी दिएको स्रोतले जानकारी दिएको छ । यसअघि जिल्ला प्रहरी कार्यालय, कास्कीमा शाहविरुद्ध जाहेरी दिइएको थियो । प्रहरीले घटनास्थल तनहुँ भएकाले तनहुँमै दर्ता गर्न सुझाव दिएको थियो । म्यूजिक भिडियो सुटिङका...