मनको गहिराइमा पुग्न नखोज सार्वजनिक, आमाबाबु र छोरीको अभिनय

  काठमाडौं । गायिका यदु राई लकान्द्रीको ‘मनको गहिराइमा पुग्न नखोज’ शीर्षाकृत गीत हालै सार्वजनिक भएको छ । इन्दिरा प्रयासको शब्द र रमेश संग्रौला संगीतबद्ध सो गीतको म्युजिक भिडियोसमेत सार्वजनिक गरिएको हो । संगीतकार संग्रौलाकै निर्देशनमा निर्मित म्युजिक भिडियो युट्युबमार्फत सार्वजनिक गरिएको थियो । रवीन शंकरको कोरियोग्राफी, मुकेश हुमागाईंको छायांकन रहेको म्युजिक भिडियोमा कलाकार सरला थाप...

अर्धनग्न भिडियो भाइरल बनेपछि पहिलो मिस नेपाल राणा तनावमा

काठमाडौं । अर्धनग्न भिडियो भाइरल बनेपछि पहिलो मिस नेपाल रुवी राणा तनावमा छिन् । पूर्वमिस नेपाल राणाले सो भिडियो आफ्नै फेसबुकमा पोस्ट गरेकी हुन् । भिडियो पोस्ट गरेपछि विभिन्नखालका प्रतिक्रिया पाएपछि उनले सो भिडियो डिलिट गरेकी हुन् । हेर्नुहोस् उनको अर्धनग्न भिडियो ।   https://youtu.be/DHql0tGDXIo?t=210...

म्युजिक भिडियो हेर्दा राजेशपायल र दयाहाङ राई झन्दै रोए

काठमाडौं । गायक भीषण मुकारुङको ‘चन्द्रमुखी’ गीतिएल्बममा समावेश ‘कोही उदास’ गीतको म्युजिक भिडियो हालै सार्वजनिक भएको छ । गायक मुकारुङले आफ्नो जन्म दिन पारेर म्युजिक भिडियो सार्वजनिक गरेका हुन् । युवा संघर्ष र उनीहरुको पीडा समेटिएको गीत गीतकार शुभ मुकारुङले लेखेका हुन् । संगीतकार बलराम समालले संगीत गरेका छन् । विज्ञान राईद्वारा निर्देशित म्युजिक भिडियोमा योगेन्द्र राई, करण धिताल, पल्पसा ...

अमेरिकामा आदिवासी चलचित्र महोत्सव

दिवस कोयू अमेरिका । आदिवासी जनजाति महासंघ अमेरिकाको आयोजनामा आगामी अगस्त २५ देखि २७ गतेसम्म न्युयोर्कमा नेपाल आदिवासी चलचित्र महोत्सव हुने भएको छ । तीन दिनसम्म हुने महोत्सवले आदिवासी तथा सीमान्तकृत जनजातिका कला, भाषा र संस्कृति जगेर्ना गर्दै यसको पहुँच/विस्तार लक्ष्य लिएको छ । महोत्सवमा आदिवासीका भेषभूषा, मातृभाषा, मौलिकता, संस्कृति र पहिचानका चलचित्र समावेश हुनेछन् । नौ विधामा नग...

चलचित्रभन्दा जेठो चलचित्र पत्रकारिता

ध्रुव लम्साल अहिले हरेक पत्रिकाले कलासँग सम्बन्धित सामग्रीलाई छुट्टै पाना व्यवस्था गरेका छन् । दैनिक पत्रिका, टेलिभिजन र अनलाइनमा चलचित्र समाचारले विषेश महत्व राख्छ । ठूला दैनिक पत्रिकाले लगभग राजनीति र अर्थ समाचारजत्तिकै महत्व दिने गरेका छन् चलचित्र समाचारलाई । चलचित्र, संगीत र रंगमञ्चीय गतिविधिलाई प्रायः सञ्चारमाध्यमले कलापृष्ठमा स्थान दिएका छन् । अझ रमाइलो कुरा त अहिले कुनै पनि सञ्चार...

ममताभन्दा सुन्दर ममता–२ का गीत (फोटो फिचरसहित)

काठमाडौं । गायिका ममता राईले व्यावसायिक रूपमा गीत गाउन थालेको आठ वर्ष भयो । संवत् २०६७ देखि व्यावसायिक रूपमा गीत गाउन थालेकी गायिका राईले आठ वर्षमा दुई गीतिएल्बम सार्वजनिक गरिसकेकी छन् । ममता–२ सार्वजनिकसँगै गीतिएल्बम ‘प्रमोसन’ मा व्यस्त उनले मुलुकका प्रमुख सहरका स्टेज प्रोग्रामबाट दर्शक तथा श्रोताको माया पाइसकेकी छन् । यसअघि ‘ममता’ गीतिएल्बम सार्वजनिक गरेकी बुइपा खोटाङनिवासी उनको ममता–२ मा स...

तेक्वान्दोमा ब्ल्याकबेल्ट नायिका

संगम राईलाई आमनेपालीले दर्शकले ‘झ्याइँकुटी झ्याइँ’ कि ‘लभ्ली’ भनेरमात्र चिन्छन् । ‘झ्याइँकुटी झ्याइँ’ नेपाली टेलिभिजनको पर्दामा पदार्पण भएपछि मात्र उनको परिचय नेपालमा फैलिएको हो । तर, उनी भोजपुरी फिल्मकी चर्चित नायिका हुन् भन्ने थोरैलाई मात्र जानकारी छ । ‘खामार सोजनवा साथ निभाई’, ‘हामार संगम’, ‘हाम तोहरा दिल जी सक’, ‘मुखियाजी के लभस्टोरी’ आदि उनका भोजपुरी भाषाका चलचित्र प्रदर्शन भइसकेका छन् ।...

गायक मुकारुङको ‘खुसी’ सार्वजनिक

काठमाडौं । गायक भीषण मुकारुङको ‘खुसी’ शीर्षाकृत गीतको म्युजिक भिडियो हालै सार्वजनिक भएको छ । संगीतकारसमेत रहेका गायक मुकारुङको ‘चन्द्रमुखी’ गीतिएल्बममा समेटिएको सो गीतको म्युजिक भिडियो सङ्स नेपाल युट्युुब च्यानलबाट सार्वजनिक भएको हो । खुसीका गीतकार जीवन मुकारुङ हुन् भने संगीत गायक स्वयम्को रहेको छ । म्युजिक भिडियोमा एलिसा राई र निराजन प्रधानको अभिनय प्रशंसायोग्य छ । राई र प्रधानलाई मन्...

मोरङकी निकिता चन्दक मिस नेपाल २०१७

काठमाडौं । मोरङकी निकिता चन्दकले १८ प्रतिस्पर्धीलाई उछिन्दै मिस नेपाल २०१७ को ताज पहिरेकी छन् । शुक्रवार साँझ सम्पन्न ग्रान्ड फिनालेमा प्रतियोगी नम्बर १४ की २२औं मिस नेपाल चन्दकलाई सन् २०१५ की मिस नेपाल अश्मी श्रेष्ठले ताज पहिर्‍याइदिएकी थिइन् । उनले मिस वर्ल्डमा सहभागी हुन पाउनेछिन् । उनले सकारात्मक मानसिकताका साथै मिहिनेत गर्न सक्ने खुबीकै कारण आफू मिस नेपाल बन्न योग्य भएको दाबी गर्दै आए...

सिंगापुर छाडेर नेपालमै ‘करिअर’

दीपेन्द्र राई सुमधुर आवाज । सुन्दर रूपकी धनी । सांगीतिक दुनियाँमा फराकिलो बन्दै गरेको परिचय । एकपछि अर्को ‘बिजनेस’ । एकछिन फुर्सद छैन । काममाथि काम । समय व्यवस्थापन गर्ने कला त्यत्तिकै लोभलाग्दो । उल्लिखित हुलिया गायिका रमिता भण्डारीको हो । गायिकामात्रै भनियो भने उनको परिचय अधुरो हुन्छ । उनी मोडल पनि हुन् । उनले नेपालमा मात्रै होइन, सिंगापुर, हङकङ, मलेसिया र भारतमा समेत ‘क्याटवाक’ गरिसके...