‘एउटा जिन्दगीको पटक/पटक मृत्यु हुन्छ, एउटै जिन्दगीमा’ सार्वजनिक

काठमाडौं । ‘जिन्दगी यो फूलैफूलको थुंगो हुँदैन’ गीतका सर्जक राजन राईको ‘एउटा जिन्दगीको पटक/पटक मृत्यु हुन्छ, एउटै जिन्दगीमा’ शीर्षाकृत गीत सार्वजनिक भएको छ । गीतकार राईले गीतमार्फत सम्बन्धित मानिसले बाँचुन्जेल भोग्नुपर्ने दुःख/पीडा व्यक्त गरेका छन् । डक्टर किरातको संगीत रहेको गीतको म्युजिक भिडियोमा गायिका अन्जु पन्तको स्वर समुधुर सुनिन्छ । हालै सार्वजनिक गीतको संगीत संयोजन विनोद गुरुङले गरेका ...

रमिताले जोहेबलाई सोधिन्– ‘के यो माया हो’

काठमाडौं । चर्चित मोडेल तथा गायिका रमिता भण्डारी र गायक जोहेब मानन्धरको ‘के यो माया हो’ शीर्षाकृत गीतको म्युजिक भिडिओ सार्वजनिक भएको छ । गायक मानन्धरकै शब्द/संगीत रहेको सो गीतको म्युजिक भिडियो रोजेश श्रेष्ठले निर्दैशन तथा छायांकन गरेका हुन् । ‘के यो माया हो’ गीतको संगीत संयोजक सन्दीप कार्की रहेका छन् । हालै सार्वजनिक म्युजिक भिडियो गायिका रमिता भण्डारीले रश लाइट मिडियामा सम्पादन गरेकी हुन्...

‘रमझम पूरा गर्न सांगीतिक क्षेत्रमा लागेको होइन’

डाक्टर, इन्जिनियर, पाइलट, सफल उद्यमीको रहरलाग्दो जीवनशैलीले गायक तथा संगीतकार दिपेश राईलाई लोभ्याउन सकेन । छोटो समयमा १९ गीतमा संगीत भरेका उनको ११ गीत रेकर्ड भइसकेको छ । नाम, दाम र सम्मान पाइने भएकाले गीत/संगीतमा भविष्य खोज्न लागिपरेका गायक तथा संगीतकार दिपेश राईसँग तेस्रो आँखा डटकमले गरेको कुराकानी : युवापुस्ताले डाक्टर, इन्जिनियर, पाइलट, सफल उद्यमी वा विदेश गएर उच्चशिक्षा हासिल गने सपना देख...