टाइगरहिल पहिलोपटक गाडी पुर्याउने नेपाली दलबहादुर गुरुङ

दीपेन्द्र राई हु वान्ट्स टु गो ? हमजाएगा । अंग्रेजी भाषामा सोधिएको रवाफिलो प्रश्नको उत्तर प्रश्नकर्ताले हिन्दी भाषामा पाएका छन् । प्रश्नकर्ताले सोधेकै भाषामा नपाए पनि उत्तर सकारात्मक आएको छ । सकारात्मक उत्तर पाउँदा प्रश्नकर्ता पुलकित छन् । प्रश्नकर्ता टाइगरहिल जान चाहन्थे । टाइगरिहल दार्जिलिङको प्रसिद्ध पर्यटकीय स्थल मानिन्छ । जहाँबाट सूर्याेदयको दृश्य नजिक र धेरै समयसम्म देख्न सकि...

केटो नहुँदा कसरी सम्हाल्नु

ललिता तामाङ ह्याप्पी दसैं । ह्याभ अ वन्डरफुल दसैं । इन्जोय योर होलिडे । इन्जोय योर दसैं । दसैंअघिको अन्तिम दिन आज । एक–अर्कामा यस्तै–यस्तै शुभकामना व्यक्त गरिंदै अफिस बिदा भयो । सुशीला अफिसपछि घरमा चाहिने सरसामान किन्दै साँझ खुइय्य गर्दै घर पुगिन् । झन्डैझन्डै झमक्कै भइसकेको थियो । यतिविघ्न मानिसले दसैंका लागि राजधानी छोड्दा पनि बजार कति भीड, पाइला टेक्नेसम्म ठाउँ छैन । दिनभरि अफिस...

मभन्दा लाटाले पनि ‘लभ’ गरेको देख्छु

मानिसपिच्छे चाहना फरक–फरक हुन्छ । कसैको चाहना ‘कलरफुल’ हुन्छ भने कतिपयको ‘ब्ल्याक एन्ड ह्वाइट’ नै भए पनि राष्ट्रहितसँग जोडिएको हुन्छ । ‘नेपाल आफ्ना नागरिकलाई गुणस्तरीय शिक्षा र स्वास्थ्य निःशुल्क दिन सक्ने देश बनोस्’ भन्ने चाहना राख्ने पत्रकार मोहन मैनाली कति राष्ट्रवादी हुन् ? तपाईंले नै खुट्याउनुहोला । ‘तर, नेपाललाई यस्तो बनाउन केही काम गर्ने जाँगरचाहिँ छैन, बोल्न र लेख्नबाहेक,’ पत्रकार मैना...

बाख्रा पाल्ने योजनामा हुनुहुन्छ, हो भने जान्नैपर्ने २४ कुरा

काठमाडौं । हिजोआज व्यावसायिक रूपमा बाख्रा पाल्ने बढ्दै गएका छन् । कोही सरकारी जागिर छाडेर बाख्रा पालेर रमाइरहेका छन् भने कोही भैँसी बेचेर बाख्रा पाल्न थालेका छन् । गाउँघरमात्रै होइन, सहर–बजारका युवासमेत बाख्रा पाल्न आकर्षित देखिएका छन् । पछिल्लो समय व्यावसायिक रूपमा बाख्रा पाल्नेको लहर चलेको छ । हुन पनि हो, बाख्रा पालेर मासिक ५० हजार आम्दानी गर्नेको सफलताको कथा सञ्चारमाध्यममा प्रकाशन तथा प्रस...

दन्तबझानमा नेपाली भाषा र ‘कालेबुङ प्रस्तावना’

केदार वाशिष्ठ व्याकरण परम्पराको खोजी नेपाली भाषाको पहिलो व्याकरण सन् १७७१ मै लेखिसकिएको थियो । रोमका पादरी क्यास्सिआन्नो बेलिगात्तीले लेखेको ‘अल्फाबेटम ब्रह्मानिकम’ नेपाली भाषाको पहिलो व्याकरण हो । यो रोमबाट प्रकाशन भएको थियो । तिब्बतमा क्रिस्चियन धर्म प्रचार गर्न खटाइएका पादरी नेपालको बाटो भएर जाने आउने गरेको र नेपालका विभिन्न स्थानमा पनि उनीहरूको मिसन रहेका कारण क्रिस्चियन धर्म प्रचारम...

पत्रकार बजारको मादल, जोकोहीले जुन तालमा बजाए पनि हुने

योगेश ढकाल ‘पत्रकार बजारको मादल हो, जसले जुन तालमा बजाए पनि हुन्छ’ निकै चल्तीको उद्धरण हो । कहिले सञ्चारगृहले आफ्नो स्वार्थअनुसार बजाउँछ । कहिले व्यावसायिक संस्थाले ठोक्छ । कहिले समाचार स्रोतले स्वार्थअनुकूलको तालमा घन्काउँछ । राजनीतिक दलले त निवासमै लगेर बेतालमै कान तानिदिन्छन् । समाजले पत्रकारमाथि उठाउने यी उद्धरणका साथमा योग्यता, क्षमतासँगै पारिश्रमिकको मुद्दा उठिरहेका बेला नेपाल पत्रकार...

अर्थात् अनिल

दीपेन्द्र राई सपना ठूलै देख्नु भन्छन् । उनले पनि दुई सपना देखेका थिए । पहिलो सपना लाहुरे बन्छु भन्ने थियो । दोस्रो सपना थियोे इन्जिनियर बन्ने । सपना साकार पार्न उनले भरमग्दुर प्रयास गरे । ‘लाहुरे बन्न त सकिनँ, सकिनँ,’ अनिल राईले सुनाए, ‘तर, दोस्रो सपना पनि पहिलोले हत्या गरिदियो ।’ इन्जिनियर पढिरहेका उनको लाहुरे बन्ने भूतले पढाइमा बाधा पुग्यो । दुवै सपना सपनामै सीमित रहे पनि अरू नै क्षेत्रमा...

राणाकालीन दरबार अभिमान कि गौरव ?

तेस्रो आँखा संवाददाता नेपालको इतिहासमा राणाकालको सुरुवात तत्कालीन प्रधानमन्त्री जंगबहादुर कुँवरले संवत् १९०३ मंसिर ४ बाट गरेका थिए । कुँवरले आफ्नो वंशज राणा भएकाले आफू पनि राणा लेख्न थाले । त्यसैले कुँवर वंशको राणाकाल १०४ वर्षसम्म टिक्यो । जसलाई जंगबहादुरसहित १० राणाले शाषण गरे । यिनै प्रधानमन्त्रीको विभिन्नकालमा बनेका प्रमुख दरबारमा यो लेख केन्द्रित छ । राणाकालीन दरबार तथा महल आफ्नो निज...

सहृदयी सर्जन

दीपेन्द्र राई जन्मजात खुँडे, तालु फाटेका, आगोले पोलेका र दुर्घटनामा परेर अंगभंग भएका सबैले काठमाडौंसम्म पुगेर उपचार गराउन सक्दैनन् । वास्तविकता थाहा पाएपछि उनीहरूकै गाउँठाउँसम्म पुगेर शल्यक्रिया गर्ने अभिप्रायसहित डा. शंकरमान राईले त्रिवि शिक्षण (टिचिङ) अस्पतालको जागिर छाडे । छँदाखाँदाको जागिर छाडेर डा. राई प्लास्टिक सर्जरीका लागि गाउँगाउँ पुगेपछि जन्मजात खुँडे, तालु फाटेका, आगोले पोलेका र ...

५०० वर्षअघि नै गणतन्त्रवादी हलेसीका किरात

भोगीराज चाम्लिङ किरात राई चाम्लिङ खाम्बातिमको ‘मुदुम सङ्कलन अभियान’ को पहिलो चरणअन्तर्गत दसैं–तिहार (२०६८) का बीचमा आफ्नै गाउँघरमा एक महिना बिताउनु मेरा लागि निकै उपलब्धिपूर्ण रह्यो । इतिहासका यथार्थ हाम्रा दैनिक जीवनसँग कसरी यात्रारत रहेछन्, मसिनोसँग थाहा भयो । यस्तो लाग्यो– किरातहरूसम्बन्धी ऐतिहासिक तथ्यहरू अझै पनि गाउँघरमा असुरक्षित अवस्थामा ‘सुरक्षित’ रहेछन् । यस्ता थुप्रै तथ्यहरूमध्ये ...