घर छाडेपछि फुलेको सपना

दीपेन्द्र राई काठमाडौं पस्दा सञ्चारकर्मी जगत दोङले इन्द्रेणी सपना देखेका थिएनन् । सञ्चारकर्मी दोङले देखेको सपनालाई ‘ब्ल्याक एन्ड ह्वाइट’ भन्न पनि मिल्दैन । गाउँठाउँमा पत्रकारिता पढाइ नहुने भएपछि उनी काठमाडौं पसे । यो २०५२ सालको कुरा हो । पत्रकारिता पढ्न काठमाडौं पसेको उनी आफूलाई रेडियोकर्मीका रूपमा स्थापित गराइसकेका छन् । काठमाडौं पसेको ६ वर्षपछि उनले रेडियो एचबीसी ९४ मेगाहर्जमा तामाङ भाषाको क...

भूमिमा सांस्कृतिक स्वामित्व

दीपेन्द्र राई भूमिमा राजकीय–प्रशासनिक स्वामित्वमात्र हुन्छ कि सांस्कृतिक स्वामित्व पनि ? यो प्रश्न खासमा प्रश्न नभएर नेपाली समाजलाई बुझ्ने आँखीझ्याल हो । जमिनमा सांस्कृतिक स्वामित्वको सवाल धेरै छलफलमा रहेको विषय होइन । धेरैलाई यसबारे थाहासमेत छैन । तर, परापूर्वकालदेखि यसप्रकारको स्वामित्व नेपाली समाजमा विद्यमान रहेको छ । आदिवासी जनजाति समाजमा जमिनमा सांस्कृतिक स्वामित्वको मान्यता अहिले पनि...

पेलेविरुद्ध गोल गर्ने श्याम मगर

मेरो नाम श्याम थापामगर हो । फुटबल जगत्मा श्याम थापा भनेर चिनिन्छु । सन् १९४८ मे १० मा गुल्मीको भासे्रमा जन्मेको हुँ । बुवा स्वर्गीय विसनसिंह थापामगर र आमाको नाम हीरादेवी थापामगर हो । बुकनीमा बाख्रा चराउँदै हिँडेको अहिले भर्खरैजस्तो लाग्छ । तर, यसबीचमा भारतको सर्वाधिक महँगो फुटबलरदेखि नेपालको राष्ट्रिय टीमको प्रशिक्षकसम्म भइसकेँ । सन् १९७० देखि १९७४ सम्म भारतको राष्ट्रिय टिमका स्ट्राइकर रहेर...

कम्युनिस्टविरुद्ध गोरखा सैनिक प्रयोग

दीपेन्द्र राई नेपालका युवा जो लाहुरे भएर ब्रिटिस र भारतीय सैनिकका रूपमा सम्बन्धित देशमा सेवा गरिरहेका छन् उनीहरू कम्युनिस्टविरुद्ध प्रयोग भए । उत्पीडित वर्ग, जाति, क्षेत्र र समुदायको मुक्तिनिम्ति कम्युनिस्ट लडिरहेका छन् तर साम्राज्यवादी वा विस्तारवादी शक्तिका रूपमा त्यसको हतियार बनेर गोरखा सैनिकले काम गर्नु नै बेठीक हो । हाम्रो देशका स्वाधीन नागरिक अर्काे साम्राज्यवादी वा विस्तारवादी देशको ...

जापानमा गलकोटेका मात्रै पाँच सय रेस्टुरेन्ट

रोजगारीको सिलसिलामा जापान पुगेका बागलुङको गलकोट क्षेत्रका व्यक्तिले जापानमै रेस्टुरेन्ट खोल्ने क्रम बढेको छ । जापानका मुख्य सहर टोकियो, नागोया र ओसाकामा धेरै गलकोटेले रेस्टुरेन्ट चलाएर बसेका छन् । रोजगारीका लागि जापान पुगेका अधिकांशले त्यहीँ रेस्टुरेन्ट सञ्चालन गरेर बस्ने गरेको गलकोट समाज जापान अध्यक्ष मोहन खत्रीले बताए । गलकोट क्षेत्रअन्तर्गत पश्चिम बागलुङका १६ गाविस परे पनि जापानमा भने करिब आठ/...

गृहजिल्लामै लैनसिंह बाङ्देलको बेहाल

केदार मगर प्रतिस्थापनमा चासो नदिइँदा खोटाङ (गृहजिल्लामा) लैनसिंह बाङ्देलको शालिक अलपत्र परेको छ । जिल्लाको सार्वजनिकस्थलमा राख्नेगरी तीन वर्षअघि मोरङ बेलबारीका मूर्तिकार श्याम गौतमद्वारा निर्मित साहित्यकार एवं कलाकार बाङ्देलको ढुंगेशालिक प्रतिस्थापनमा ध्यान नपुग्दा अलपत्र परेको हो । गौतमले ०६७ मा बाङ्देलबाहेक हलेसीमा राख्नेगरी एउटा शिवलिंग र बसाहाको ढुंगेमूर्ति जिल्ला विकास समितिलाई निःशुल्क ह...

जागरुक जानुका

  ‘कतै पढेकी थिएँ, अमेरिकाको न्युयोर्कमा एक दिनमा हुने अपराध जापानमा वर्ष दिनमा पनि हुँदैन,’ जापानको सिजुओका विश्वविद्यालयबाट समाजशास्त्रमा स्नातकोत्तर गरेकी जानुका निरौलाले भनिन्, ‘जापानी कामप्रति एकदमै लगनशील हुन्छन् । उनीहरू कामलाई मात्रै पूजा गर्छन् ।’ सात वर्ष बस्दा निरौलाले जापानलाई नजिकबाट नियालिन् । काठमाडौँको बागबजारमा रहेको पद्मकन्या क्याम्पसमा अध्याप...

नाम्चेमा भरियाका लागि छुट्टै होटल

दीपेन्द्र राई त्यहाँ पुगेपछि उनीहरूलाई सधैँ रिस उठ्थ्यो । ‘यो ठाउँका मानिससँग मानवीय संवेदना छैन,’ उनीहरू यस्तै सोच्थे । उनीहरूको आरोप थियो, ‘यो ठाउँ हाम्रा लागि वैरी हो ।’ परिस्थिति बदलिएको छ । परिस्थिति बदलिएपछि उल्लिखित आरोप–प्रत्यारोप सुन्न परोइन अचेल । यहाँका मानिससँग मानवीय संवेदना छैन भन्न पनि छाडिसके उनीहरूले । अनि उनीहरूले भन्न छाडे– यो ठाउँ हाम्रा लागि वैरी हो भनेर । अचम्म † हिजोसम्...

दमकमा हङकङ

एक व्यवसायीले तीनजनालाई रोजगारी दिनु भनेको सानो काम होइन । प्रत्येक व्यवसायीले तीनजनालाई रोजगारी दिने हो भने देशमा बेरोजगारका संख्या घट्नु त छँदै छ, रिनपान गरेर वैदेशिक रोजगारीमा भौँतारिनु पर्दैन । दमक, झापाकी कमला राईले हङकङ व्युटीपार्लर सञ्चालनमा ल्याई तीनजनालाई रोजगारी दिएकी छन् । आफ्नै घर–आँगनमा रोजगारी पाउनु भनेको अहोभाग्य नै हो । घरकै खाना र खाजा खाएर रोजगारी पाउनुलाई त्यत्तिकै सुखद मान...

७३ वर्षअघि ५ रुपैयाँमा बनेको घर

दीपेन्द्र राई हिजोआज पाँच रुपैयाँमा कालो चिया (ब्ल्याक टी) सम्म आउँदैन । तर, आजभन्दा ७३ वर्षअघि त्यही ५ रुपैयाँमा (हेर्नुहोस् तस्बिरको) घर बन्थ्यो । सुन्दा अचम्म लाग्छ । तर, यो सत्य हो । संवत् २००० सालमा बनेको तस्बिरको घर ५ रुपैयाँमा बनेको घरभेटी जयबहादुर राईले बताए । खोटाङको दुर्छिम गाउँ विकास समिति वडा नम्बर १ साल्तेम्मामा रहेको यो घर २००० पुसमा थालेर फागुनमा सकिएको घरभेटी राईले सुनाए । यो घर ...