एक्लिँदै एगिन्द्र

डाँडाबजार (हलेसी), ५ असोज ‘दुःख गरेर खाने मानिसको आँसुले एगिन्द्र भाइलाई जीवनभरि पोलिरहोस्,’ कमला राईले दुःखेसो पोखिन्, ‘मेरो आँसुले एगिन्द्रको परिवारलाई पनि पोलिरहोस् । पोलिरहनेछ । अर्काको गाउँठाउँमा ल्याएर एगिन्द्रले मलाई जसरी बिजोग पारे नि, उनी र उनको परिवारको मेरोजस्तै बिजोज भएको मैले पनि देख्न पाऊँ ।’ हलेसी तुवाचुङ नगरपालिका–७ महादेवस्थान ऐंसेलुखर्कनिवासी एगिन्द्र राईलाई यसरी गाली ग...

भूपूप्रेमी

ललिता तामाङ सुइय्य । ट्राफिकले सिठ्ठी फुक्दै सेतो पन्जा लगाएको हातले सवारीसाधनलाई रोक्ने र पैदलयात्रीलाई जाने इसारा दिए । बाटो काट्न बसेको हुलसँगसँगै मिसिँदै बाटो काटें । सवारी चापले गर्दा हिजोआज सवारीचालक मात्र नभई, पैदलयात्रीलार्इृ समेत हिँड्न गाह्रो । बाटो काट्न त झनै कठिन । लौन मान्छे पनि कति हो । वाहन उत्तिकै । पैदल हिँड्ने त्यस्तै । झन् अफिस लाग्ने र छुट्ने समयको त कुरै नगरौं । ...

रामकुमारको रामलीला : मै खाम, मै लाम, स्वास्थ्यको बजेट झ्वाम

विशेष संवाददाता छापडाँडा (दुर्छिम), खोटाङ सित्तैमा पाउँदा अलकत्र चपाए पनि गुन्द्रुकको झोलमा इज्जत फाल्नुपर्ला भनेर हलेसी तुवाचुङ नगरपालिकाका स्वास्थ्य संयोजक रामकुमार भगतले कहिल्यै सोचेका थिएनन् । दस मनमा एक मनले पनि त्यस्तो नसोचेका उनले अन्ततः सित्तैमा पाएको अलकत्र चपाउँदा गुन्द्रुकको झोलमा इज्जत फालेरै छाडे । पैसा देख्दा महादेवको त तीन नेत्र हुन्छ भने दुई नेत्र भएका सामान्य मानिसलाई...

सातो राखिने भीर

सातो गयो भने मानिस बिरामी हुन्छन् । सम्बन्धित बिरामीको सातो फर्काउन धामीझाँक्रीको सहारा लिइन्छ । धामीझाँक्रीले सातो कहाँबाट, कसरी फिर्ता ल्याउँछन् ?  यसबारे धेरैलाई थाहा नहुन सक्छ । सातो कसले र कहाँ लगेर राखेको हुन्छ ? तपाईंलाई थाहा छ ? छैन भने यसबारे थाहा पाउन पूरै कथा पढ्नैपर्छ । सातो क–कसले लैजान्छ ? सोलोमाले सातो लगेपछि मानिस बिरामी हुन्छन् । सातो फर्काउन सकिएन भने बिरामीको ज्यानै जा...

एउटा घरको दुःखद कथा

  ऐंसेलुखर्क (हलेसी) । परदेश जान छुटेका तर गाउँमै इलम गरिबसेका बालसखासँग विगत कोट्याउँदै राति अबेरसम्म गफियौं । माइथान जंगलको चराचुरुंगीको चिरबिरले निद्रा खुल्यो । गाउँ फन्को मार्ने रहर जाग्यो । पल्लोटोलतिर लागें । प्रत्येक पाइलामा देखिने दृश्यले बाल्यकाल झस्काउँथ्यो । मैले टेकेको ढुंगामाटो, देखिएका रूखबिरुवा, बारीका कान्लाले कहिले आइस् कान्छा भनेर सोधेझैं लाग्थ्यो । अचानक पाइला रोकिय...

९० हजारको तुवाचुङ साप्ताहिक पुरस्कार ६ जनालाई , पुरस्कृत तथा सम्मानितले के भने

हलेसी (खोटाङ) । हलेसी तुवाचुङ नगरपालिकालाई आधारभूमि बनाएर खोटाङबाट प्रकाशित तुवाचुङ साप्ताहिकले प्रथम वार्षिकोत्सवको अवसर पारेर चार विधामा ६ जनालाई ‘तुवाचुङ साप्ताहिक पुरस्कार’ प्रदान गरेको छ । पत्रकारिता, समाजसेवा, साहित्य र खेलकुद विधामा पुरस्कृत हुनेमध्ये खोटाङलाई आधारभूमि बनाएर पत्रकारिता गर्दै आएका तीन पत्रकार रहेका छन् । तीन पत्रकारमध्ये दमन राई, केदार मगर र उत्तम चौलागाईं हुन् । राई न...

समाजसेवी श्यामचन्द्र

नवीन चाम्लिङ राई ऐंसेलुखर्क (हलेसी), खोटाङ   समाजसेवा भनेको भगवान्को दोस्रो रूप हो भन्दा फरक नपर्ला । भगवान्को दोस्रो रूप धारण गर्न त्यति सजिलो छैन । यसको मतलब जोकोहीले चाहेर पनि समाजसेवा गर्न सक्दैनन् । हलेसी तुवाचुङ नगरपालिका–७ ऐंसेलुखर्क खोटाङका श्यामचन्द्र राई ऐंसेलुखर्कवासीका लागि भगवान्को दोस्रो रूपधारण गरेका छन् । राई ‘आफू राम्रो भए जगतै राम्रो’ भन्ने मान्यताका पक्षपाती ह...

ह्वाइटहाउसतिर हल्लिँदा

दीपेन्द्र राई ह्वाइटहाउसडाँडामा संगीतप्रेमी चाल्नाखेलको खहरेचोकबाट ‘मेनरोड’ छाड्यौं । ‘मेनरोड’ बाट दायाँतिर लाग्यौं । दक्षिणकाली नगरपालिका–१ चाल्नाखेल खहरेचोक काठमाडौंबाट दायाँ लाग्दा साँझको ६ः३३ बजेको थियो । संवत् २०७६ वैशाख २७ गते शुक्रबारको घाम घर फर्किसकेको थियो । खहरेचोकबाट दायाँ लागेपछि उकालो बाटो आयो । हामी उकालो लाग्यौं । भूषण राई र नवीन चाम्लिङ राई अघि–अघि थिए । म पछ्याउँदै गएँ ...

सार्वजनिक स्थलको पानी बेचेर मासिक ७० हजार

नवीन चाम्लिङ राई ऐसेलुखर्क (हलेसी),  खोटाङ   देशमा राजा छैनन् । राजा नभए पनि पञ्चनेता कुम्भराज राई आफूलाई हलेसीका राजा ठान्छन् । आफूलाई स्वघोषित राजा ठान्ने पञ्चनेता कुम्भराज राईका एकपछि अर्को काला कर्तुत पर्दाफास भइरहेका छन् । हलेसी तुवाचुङ नगरपालिका–७ ऐंसेलुखर्कनिवासी पञ्चनेता राईको काला कर्तुत तुवाचुङ साप्ताहिकले क्रमशः लेख्दै जानेछ । यसपटक भने उनले सार्वजनिक जग्गाको पानी ब...

हराउँदै होलीको रौनक

गोपालप्रसाद बराल बर्दिवास । रङ, अबिर र उमंगको चाड होलीको पहिलो दिन पनि महोत्तरीसहितका मिथिला क्षेत्रमा रौनक हराउँदै गएको छ । चाडको मुख्य आकर्षण जोगिरा गीत बज्न छाडेपछि यहाँ होली आए नआएको पत्तै पाइन छाडेको स्थानीय बताउँछन् । श्रीपञ्चमीदेखि नै अबेर रातिसम्म गुञ्जने जोगिरा (फागुविशेष गीत) सुन्न छाडिएको छ । वसन्त उत्सव मनाइएसँगै मृदंग, हारमोनियम र डम्फु (जोगिराका वाद्यवादन) का तालमा प्रत्येक र...