२९४ गर्भवतीद्वारा बर्थिङ सेन्टरमा प्रसूति

दीपेन्द्र राई दुर्छिम, १८ असोज । हलेसी तुवाचुङ नगरपालिकाका ११ वटै वडामा स्थापित बर्थिङ सेन्टरमा २ सय ९४ जना गर्भवतीले प्रसूति सेवा लिएका छन् । आर्थिक वर्ष २०७४–०७५ मा नगरपालिका ११ वडामा २ सय ९४ जना गर्भवतीको प्रसूति गराइएको नगर स्वास्थ्य संयोजक रामकुमार भगतले जानकारी गराए । भगतका अनुसार, आर्थिक वर्ष २०७४–०७५ मा हलेसी तुवाचुङ नगरपालिका वडा नम्बर १ मा एक र वडा नम्बर २ मा १७ जनाको प्रसूति गरा...

मलेसियाबाट फर्केर गाउँमै सुँगुरपालन

दीपेन्द्र राई दुर्छिम (खोटाङ) । मलेसियामा तीन वर्षसम्म दैनिकजसो १० देखि १२ घन्टासम्म काम गर्दाको कमाइले चित्त बुझेको भए विशाल राई नेपाल फर्कंदैनथे होलान् । त्यत्तिका समय मिहिनेत गर्दा पनि चित्तबुझ्दो कमाइ नभएपछि राई स्वदेश फर्के । ‘फर्केर के गर्ने भन्ने योजना बनेको थिएन,’ उनले सुनाए, ‘के गर्ने होला भन्दाभन्दै सुँगुर पाल्ने योजना बनाएँ । योजना बनेपछि काम थालिहालें । घरछेउको आफ्नै बारीमा सुँ...

पत्रकारले भेदभाव गर्न मिल्दैन

बिमला राई हलेसी तुवाचुङ नगरपालिका खोटाङबाट पहिलोपटक प्रकाशित तुवाचुङ साप्ताहिक सार्वजनिक समारोहका अध्यक्ष एवम् तुवाचुङ साप्ताहिक सम्पादक दीपेन्द्र राईज्यू । यस कार्यक्रमका प्रमुख अतिथि नगरप्रमुखज्यू, वडाध्यक्षज्यूहरू, वडासदस्यज्यू, नेकपाका श्रद्धेय नेता हरिश्चन्द्र गिरीज्यू, इलाका प्रहरी कार्यालय हलेसी प्रमुखज्यू, पत्रकारद्वय हरिबोल आचार्य र केदार लाफाज्यू र उपस्थित सम्पूर्णमा हार्दिक नमस्क...

समृद्ध हलेसी तुवाचुङ नगरपालिका बनाउन २७ ‘स’

सयन्द्र राई दुर्छिम, खोटाङ । हलेसी तुवाचुङ नगरपालिका प्रमुख प्रशासकीय अधिकृत राजकुमार राईले समृद्ध नगरपालिका बनाउने २७ ‘स’ अवधारणा अघिसारेका छन् । प्रमुख प्रशासकीय अधिकृत राईका अनुसार समृद्ध नगरपालिका बनाउन ‘संघीयताको गर्भअनुसार प्रशासनिक कर्म’ गर्न कर्मचारीलाई सुझाएका छन् । प्रशासनिक कामलाई चुस्त–दुरुस्त र प्रभावकारी बनाउन सदाचारिता, समन्वय, सहकार्य, सहयोग, संवाद, समयको पालन र समन्वय त्...

संस्कृतिविद् सत्यमोहन जोशीको सम्झनामा महाकवि देवकोटा

दीपेन्द्र राई ‘त्यहाँ पुगेपछि महाकवि लक्ष्मीप्रसाद देवकोटासँग भेटघाट भयो,’ वाङ्मय शताब्दी पुरुष सत्यमोहन जोशीले अतीत सम्झे, ‘१० वर्षमै कविता लेख्न थालेका महाकवि देवकोटासँग भेट्दा आफूले लेखेको कविता मैले सुनाएँ । कति राम्रो भन्दै उनले प्रोत्साहन दिए ।’ त्यतिबेला वाङ्मय शताब्दी पुरुष जोशी त्रि–चन्द्र क्याम्पस घन्टाघर काठमाडौंमा पढ्थे । बीच–बीचमा पढाइ ‘ग्याप’ हुन्थ्यो । त्यसताका घुम्ने ठाउँ...

हरियो हलेसी

दीपेन्द्र राई   योजनाबद्ध तरिकाले काम गर्ने हो भने हलेसीलाई पाँच वर्षभित्रमा हरियो बनाउन सकिन्छ । ‘हरियो हलेसी बनाउन त्यति धेरै मिहिनेत गर्नैै पर्दैन,’ नेपाल कम्युनिस्ट पार्टी नेता टंक राईले सुझाए, ‘ओखलढुंगा र खोटाङ जोड्ने जयरामदेखि हलेसीसम्मका प्रत्येक घरधनीलाई सुख्खा क्षेत्रमा हुने फलफूल लिची, विशेषप्रकारका आँप, एबोकाडोलगायत विभिन्न प्रजातिका फलफूल रूख प्रजातिका पाँच बोट बिरुवा रो...

गौरवान्वित गोपाल

दीपेन्द्र राई   छँदाखाँदाको जागिर छाडे । तात्कालिक आरएनएसीको जागिर छाडेर काठमाडौंको ३१ नम्बर वडाध्यक्षमा उम्मेदवारी दिए । आरएनएसीबाट राजीनामा दिएर जनपक्षीय उम्मेदवार बनेका उनी १७ मतले पराजित भए । यो संवत् २०४२ सालको कुरा हो । वडाध्यक्षमा पराजित भएपछि उनी व्यावसायिक पत्रकारितामै सक्रिय छन् । सुरुताका ‘छहरा’ मासिक रूपमा प्रकाशित हुन्थ्यो । त्यही छहरा हिजोआज साप्ताहिक रूपमा प्रकाशित ह...

एक मच्छडको आत्मकथा

बुद्धिसागर अफिसमा पस्नासाथ रिसेप्सनबाट मैले एउटा पुलिन्दा पाएँ। रिभ्युका लागि आएको किताब होला भनेर खोल्न हतार गरिनँ। साँझ घर फर्किने बेला के रैछ भनेर खोलेँ। भित्र तहतह मिलाइएका थोत्रा कागजका पन्ना थिए। एकदम केरमेट। कसैले रिभ्युका लागि पान्डुलिपि नै पठायो कि भनेर हाँसेँ। नागरिक विकेन्डका साथीहरूले पनि रमाइलो माने। फुटबल हेर्न राति १२:१५ कुर्नु त छँदैछ। त्यही बेला पढ्न हुन्छ भनेर पुलिन्दा काख...

बलशाली बाला

एसएलसी परीक्षा दिएर सोलुखुम्बुबाट काठमाडौं झर्दा पत्रकारिताको ‘प’ पनि थाहा थिएन । यदाकदा रेडियो सुनेबाहेक न त टेलिभिजन नै देखेकी थिइन् । न त पत्रपत्रिका नै पढ्न पाएकी थिइन् । उच्च शिक्षा अध्ययनका लागि एक झोला रहर बोकेर काठमाडौं झरेकी उनलाई कुन विषय पढ्ने भन्नेसमेत थाहा थिएन । बुवा माओ राई काठमाडौं थिए । बुवा भएपछि काठमाडौंमा त्यति गाह्रो भएन । ‘तैंले पत्रकारिता विषय लिएर आरआर क्याम्पसमा पढ्नुपर...

प्रखर प्रमिला

देवेन्द्र सुर्केली बेलायतको अल्डरसमा रहेको इम्पेरियल हलमा आयोजित नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) बेलायतको अधिवेशनले प्रमिला लाबुङ राईलाई अध्यक्षमा सर्वसम्मत चयन गर्यो । यो संवत् २०७४ भदौ १२ गतेको कुरा हो । राई नेतृत्वको फोनिज बेलायतले बेलायतमा रहेका पत्रकार महिलाका लागि अभूतपूर्व सफलता ठान्यो । फोनिज बेलायत अध्यक्ष राई यहाँसम्म आइपुग्दाको कथा त्यत्तिकै रोचक छ । इलाम समालबुङको ...