जामाचोबाट काठमाडौं नियाल्दा (भिडियो सहित)

काठमाडौं । हाइकिङ अर्थात् पदयात्रा गर्न रुचाउनेहरुका लागि उत्कृष्ट डाँडा हो जामाचो । बालाजु, वाइपासको सेनाको गढदेखि पैदल यात्रा गर्दा साढे ४ कि.मि. को यात्रा गरेपछि पुगिन्छ जामाचो । शिवपुरी नागार्जुन राष्ट्रिय निकुञ्जभित्रको संरक्षित क्षेत्रमा रहेको यो डाँडालाई जामाचो गुम्बा पनि भनेर चिनिन्छ । शरीरबाट पसिना बगाउने, हप्ताको ६ दिन कार्यालयमै व्यस्त रहनेहरुलाई साप्ताहिक रुपमा हिँड्न बानी प...

आयआर्जनका माध्यम बन्दै ‘होमस्टे’

बाँकेको कोहलपुर नगरपालिका–१३ खड्कवार निवासी यज्ञबहादुर रानाको परिवारलाई हिजोआज पाहुना रेखदेख गर्न भ्याइनभ्याइ हुन थालेकोे छ । घरमा सञ्चालित खड्कवार नमूना सामुदायिक घरबास ‘होमस्टे’मा आउने पाहुनालाई स्वागत सत्कारदेखि खुवाउने बसाउने कार्यमा उहाँका परिवारको दिन बित्ने गरेको छ । “होमस्टे सञ्चालन भएपछि घरको सबै परिवार यसैमा व्यस्त हुने गरेका छौँ”, घरबास सञ्चालक रानाले भन्नुभयो, “घरका सबै परिवारला...

पशुपतिको अतिक्रमण गरिएका सबै जग्गा फिर्ता ल्याउछौँ : मन्त्री आले

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले पशुपतिनाथ मन्दिरका नाममा भएका तर अतिक्रमण गरिएका सबै जग्गा फिर्ता ल्याइने बताएका छन् । भूकम्पका कारण भत्किएको पशुपतिनाथ परिसरमा रहेको विश्वरुपा मन्दिर तथा सतल पुनः निर्माणका लागि आज शुभारम्भ गर्दै उनले पशुपतिनाथको जग्गा अतिक्रमण गरी बनाइएका टहरा भत्काइ अतिक्रमण भएको जमिन सबै फिर्ता गराइने प्रतिवद्धता जनाएका छन् । मन्त्री...

सरकारी सम्पत्तिमा मनपरि गर्नेलाई छुट दिने छैन : मन्त्री आले

काठमाडौं १७, चैत । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले नेपाल सबै जातजाती तथा धर्मावलम्बीहरुको साझा फूलबारी भएको भएको छ । नेपाल विश्व हिन्दू महासङ्घले आज काठमाडौँमा आयोजना गरेको हिन्दू अन्तर्राष्ट्रिय सम्मेलनलाई सम्बोधन गर्दै उनले हाम्रो संविधानले सबै जातिको अधिकार समान रहने गरी धर्मनिरपेक्ष राष्ट्रको परिकल्पना गरेकाले यो राष्ट्र सबैको साझा फूलबारी भएको बताए । उनले भन...

पोखरा संसारसँग जोडिने छ : मन्त्री आले

पोखरा १३, चैत । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले संसारका पर्यटकको आकर्षणको केन्द्र पोखरालाई अब पोखरा अन्तर्राष्ट्रिय विमानस्थलले संसारसँग जोड्ने बताएका छन् । चीन सरकारले पोखरा अन्तर्राष्ट्रिय विमानस्थल नेपाललाई हस्तान्तरण गरेसँगै शनिबार सो विमानस्थल निर्माण कम्पनीलाई कदरपत्र प्रदान गर्दै उजले भने, “नेपाली पर्यटन क्षेत्रको गहना पोखरा विश्वकै उत्कृष्ट पर्यटकीय गन्तव...

कोरोनाले सुस्ताएको मुस्ताङमा पर्यटकको चहलपहल

हिमालपारिको जिल्ला मुस्ताङमा पर्यटकको चहलपहल बढेको छ । कोरोनाका कारण सुस्ताएको यहाँको पर्यटनले फेरी गति लिन थालेको हो । केही दिनयता म्याग्दी हुँदै सडक मार्ग भएर मुस्ताङ जाने र फर्कने पर्यटकहरुको चाप बेनी–जोमसोम सडकमा बढेको छ । अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) को जोमसोमस्थित कार्यालय प्रमुख ऋषि बरालले अहिले आन्तरिक पर्यटकको चाप बढेको र विदेशी पर्यटक पनि मुस्ताङ घुम्न आउन थालेको जानक...

जफत गरिएको ड्रोन लिलाम बिक्री

काठमाडौं २५, फागुन । अनुमतिबिना उडाएर जफत गरिएको २० वटा ड्रोन नेपाल नागरिक उड्डयन प्राधिकरणले लिलाम बिक्री गर्ने भएको छ । ड्रोन उडाउन अनुमति लिनु पर्ने हुन्छ अनुमतिबिना उडाइएको ड्रोन जफत भएपछि गृह प्रशासनबाट प्राधिकरणमा बुझाउने गरिन्छ जफत भएको ड्रोनहरू प्राधिकरणले बुधबार बोलपत्र आह्वान गर्दै ड्रोन लिलामका लागि आह्वान गरेको हो । २० वटा ड्रोनका लागि न्यूनतम मूल्य ७ लाख ५९ हजार ४ सय ८ रुपैयाँ...

दाङको घोराहीमा सानो रारा, पुग्नेले भनेकै छन् आहा !

रीता लामा घोराहीमा कुवा, जरुवा र ट्युबेलको पानी सुक्दै गएको र सिञ्चाइ अभावमा आकाशेपानीका भरले उब्जनी नहुने भएपछि खेती गर्दा नोक्सानी बेहोर्नुपरेको गुनासा स्थानीयबाट अत्यधिक सुन्न थालिएको छ । बजार क्षेत्र भएको हुँदा जनसंख्या बढ्दै जानु तर पानीको मुहान सुक्दै जानुले घोराही र आसपासका क्षेत्र केही वर्षभित्रै मरुभूमि हुने संकेत देखिन थाल्यो । संवत् २०७१ मा तत्कालीन घोराही नगरपालिकाका कार्यकारी ...

३ करोडमा कृत्रिम घुमाउनेताल, छैन न त बबाल

तनहुँको घिरिङमा तीन करोड रुपैयाँ लागतमा कृत्रिम तालको निर्माण गरिने भएको छ । पचास रोपनी क्षेत्रफलमा निर्माण गरिने तालका लागि आवश्यक जग्गा अधिग्रहण गरिनेछ । घुमाउने ताल नामकरण गरिएको सो तालबीचमा मन्दिर बनाउने योजनासमेत बनाइएको छ । ताल निर्माणका लागि घिरिङ गाउँपालिकाले चालु आर्थिक वर्षमा ३० लाख बजेट विनियोजन गरेको छ । गाउँपालिका एक्लैको बजेटले ताल निर्माण पूरा नहुने भएकाले प्रदेश र संघीय सरकारस...

पाँच वर्षभित्र पाँच लाख पर्यटक भित्र्याउने योजना

मनोज दाहाल विराटनगर । ‘एक नम्बर प्रदेशको शान, सबैको अनुहारमा मुस्कान’ नाराका साथ यहाँको प्रदेश सरकारले आगामी एक वर्षभित्र दुई हजारलाई रोजगारी उपलब्ध गराउने लक्ष्य लिएको छ । यस अतिरिक्त प्रदेशको आर्थिक विकास संवाहकका रूपमा पर्यटन क्षेत्रलाई विशेष प्राथमिकता दिई निजी क्षेत्रको सहकार्यमा आगामी पाँच वर्षभित्र प्रदेशमा पाँच लाख विदेशी पर्यटक भित्र्याउने उसको लक्ष्य छ । प्रदेश सरकारले आर्थिक वर...